सिरहा : सुखिपुरमा लागू औषध नियन्त्रण र सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।
लागू औषध नियन्त्रण र सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आइतबार सुखिपुर नगरपालिकामा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालय सिरहाले गरेको थियो भने उक्त कार्यक्रम सुखिपुर नगरपालिकाको समन्वयमा गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि सुखिपुर नगरपालिकाका मेयर रामऔतार यादव रहनु भएको थियो भने सभाध्यक्षता सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले गर्नुभयो।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख अनन्त राम शर्मा, सशस्त्र प्रहरी बल गण नं. ६ का गणपति नरेश भण्डारीलगायत विभिन्न निकायका पदाधिकारी, सुरक्षाकर्मी, विद्यालय प्रतिनिधि, युवाहरू तथा स्थानीय समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सेवा प्रवाहमा देखिएका समस्याहरू तथा त्यसको समाधानबारे प्रमुख जिल्ला अधिकारीसँग व्यापक छलफल गरिएको थियो। सहभागीहरूले लागू औषधको बढ्दो दुष्प्रभाव, युवा पुस्तामा यसको असर, नियन्त्रणका उपाय तथा पुनःस्थापना सेवाको प्रभावकारी कार्यान्वयनका लागि सुझाव तथा अनुभव आदान–प्रदान गरेका थिए।
कार्यक्रमले समुदायस्तरमा लागूपदार्थ नियन्त्रण तथा सेवाको पहुँच विस्तार गर्न स्थानीय तह र जिल्ला प्रशासनबीच समन्वय र सहकार्य अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।















