Dastak Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
e-Paper
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
E-paper

केके सडक आयोजना द्वारा ग्रामीण महिलाका लागि पुनर्ताजगी तालिम सञ्चालन


ADVERTISEMENT

सिरहा, कञ्चनपुर–कमला (केके) सडक आयोजना अन्तर्गत ग्रामीण महिलाको आर्थिक सशक्तीकरण उद्यमशीलता विकास तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ। असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको तालिममा यस अघि व्यवस्थापकीय, उद्यमशीलता तथा प्राविधिक सीपसम्बन्धी तालिम लिएका महिला समूह तथा कृषि सहकारीका प्रतिनिधिहरू को क्षमता अभिवृद्धिमा जोड दिइएको थियो।

केके सडक आयोजनाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) कार्ययोजना अन्तर्गत सञ्चालन गरिएको तालिमले महिलाहरूलाई सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा उतार्दै आफ्ना उद्यमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस अघि आयोजनाले सिरहा र सप्तरीका १२ पालिकाका १२ महिला समूह तथा कृषि सहकारीका ७२ जना प्रतिनिधि लाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरेको थियो। सो क्रममा तीन दिने (१८ घण्टा) व्यवस्थापकीय तथा उद्यमशीलता तालिमका साथै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT), लहान मार्फत २१ दिने (१०८ घण्टा) च्याउ खेती तथा फलफूल प्रशोधन सम्बन्धी प्राविधिक तालिम सञ्चालन गरिएको थियो।

तालिम प्राप्त महिला समूहलाई उद्यम सञ्चालनमा प्रोत्साहन गर्न GESI कार्ययोजना अनुसार प्रति समुह लाई १ हजार अमेरिकी डलर अर्थात् सम्झौता विनिमय दरअनुसार १ लाख ३२ हजार १६० रुपैयाँ कार्यसम्पादनमा आधारित बिउ पुँजी समेत उपलब्ध गराइएको थियो। अनुगमन तथा उपयोग प्रतिवेदन स्वीकृत भएपछि उक्त रकम तीन किस्तामा पूर्ण रूपमा निकासा गरिएको आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार बिउ पुँजीको उपयोग गर्दै अधिकांश महिला समूहले च्याउ खेती, फलफूल प्रशोधन तथा अन्य साना उद्यम सञ्चालन गरिरहेका छन्। यस्ता उद्यमले महिलाको आयआर्जन वृद्धि, स्थानीय स्तरमा रोजगारी सिर्जना, बचत गर्ने बानीको विकास तथा आर्थिक आत्मनिर्भरता अभिवृद्धिमा योगदान पुर्‍याएको छ।

केके सडक आयोजनाका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहका अनुसार यसअघि प्रदान गरिएका तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई थप प्रभावकारी बनाउन र महिलाहरूलाई आफ्ना उद्यम सफलतापूर्वक सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले पुनर्ताजगी तालिम आयोजना गरिएको हो।

उहाँका अनुसार पुनर्ताजगी तालिमले महिलाहरूलाई व्यवसाय सञ्चालनका क्रममा देखिएका चुनौती समाधान गर्न, व्यवस्थापकीय तथा प्राविधिक क्षमता सुधार गर्न र आफ्ना उद्यमलाई थप व्यवस्थित रूपमा अगाडि बढाउन सहयोग पुग्नेछ।

केके सडक आयोजनाले सडक निर्माणलाई भौतिक पूर्वाधार विकासमा मात्र सीमित नराखी महिला सशक्तीकरण, सीप विकास, स्वरोजगार तथा स्थानीय आर्थिक रूपान्तरणसँग जोड्दै आएको छ। आयोजना अन्तर्गत सञ्चालन भइरहेका यस्ता कार्यक्रमले ग्रामीण महिलालाई उद्यमशील बनाउँदै आर्थिक आत्मनिर्भरता र समावेशी आर्थिक विकासलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Anand Sharma

Anand Sharma

संबन्धित समाचार

प्रहरी निरीक्षक विशाल मल्ल उत्कृष्ट लागुऔषध अपराध अनुसन्धानकर्ता पुरस्कार बाट सम्मानित

प्रहरी निरीक्षक विशाल मल्ल उत्कृष्ट लागुऔषध अपराध अनुसन्धानकर्ता पुरस्कार बाट सम्मानित

शिक्षालाई समुदायसँग जोडिरहेको सगरमाथा

शिक्षालाई समुदायसँग जोडिरहेको सगरमाथा

लहानमा शि-लीड्स नेतृत्व तालिम सम्पन्न

लहानमा शि-लीड्स नेतृत्व तालिम सम्पन्न

सुखिपुर नगरपालिकाका करार कर्मचारी मनिष यादवद्वारा नागरिकमाथि धाकधम्की र गाली–गलौज, कारबाहीको माग

सुखिपुर नगरपालिकाका करार कर्मचारी मनिष यादवद्वारा नागरिकमाथि धाकधम्की र गाली–गलौज, कारबाहीको माग

लहानमा शान्ति सुरक्षाको विषयमा उद्योग वाणिज्य संघ र प्रहरीले गरे समन्वय, टोल सुरक्षा समिति गठनको तयारी

लहानमा शान्ति सुरक्षाको विषयमा उद्योग वाणिज्य संघ र प्रहरीले गरे समन्वय, टोल सुरक्षा समिति गठनको तयारी

मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा

मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा

Natraj Technology advertisement

ताजा समाचार

प्रहरी निरीक्षक विशाल मल्ल उत्कृष्ट लागुऔषध अपराध अनुसन्धानकर्ता पुरस्कार बाट सम्मानित

प्रहरी निरीक्षक विशाल मल्ल उत्कृष्ट लागुऔषध अपराध अनुसन्धानकर्ता पुरस्कार बाट सम्मानित

केके सडक आयोजना द्वारा ग्रामीण महिलाका लागि पुनर्ताजगी तालिम सञ्चालन

शिक्षालाई समुदायसँग जोडिरहेको सगरमाथा

शिक्षालाई समुदायसँग जोडिरहेको सगरमाथा

अर्नमा–२ ब्रहमपुरीमा वडा स्तरीय निर्वाचन बैठक तथा पार्टी प्रवेश कार्यक्रम भव्य

अर्नमा–२ ब्रहमपुरीमा वडा स्तरीय निर्वाचन बैठक तथा पार्टी प्रवेश कार्यक्रम भव्य

हिसानको नवौं महाधिवेशनबाट नयाँ राष्ट्रिय कार्य समिति निर्वाचित

हिसानको नवौं महाधिवेशनबाट नयाँ राष्ट्रिय कार्य समिति निर्वाचित

लहानमा शि-लीड्स नेतृत्व तालिम सम्पन्न

लहानमा शि-लीड्स नेतृत्व तालिम सम्पन्न

Load More

हाम्रो बारेमा

दस्तक मिडिया नेटवर्क प्रा. लि. द्धारा सञ्चालित दस्तक खबर अनलाइन पत्रिका
लहान न.पा-०१, सिरहा, मधेश प्रदेश
  +977 9825776892
  +977 9848953082
 info@dastakkhabar.com
 dastakkhabar24@gamil.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ५२५-२०८२/२०८३
  • प्रेस काउन्सिल सूचिकृत :
  • राजस्व विभाग : 141089498

हाम्रो टिम

  • संचालक : विजय साह
  • सम्पादक: विजय साह
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Dastak Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Dastak Khabar | Developed By Zwicky Technology